Techie IT
मंगलबार, मंसीर १६,२०७७

भारतमा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो


नया दिल्ली,. साउन २१
अमेरिकी डलरसँग भारतीय मुद्रा कमजोर हुँदा मंगलबार फेरि सुनको मूल्य उच्च दरमा बढेको छ । दिल्ली सर्राफ बजारमा मंगलबार सुन प्रति १० ग्राम ९७ भारुले बढेको हो । तर चाँदी प्रतिकिलो ५ भारु घटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मंगलबार उक्त बजारमा सुन प्रति १० ग्राम ५४ हजार ८ सय ३० भारुसम्म पुगेको थियो । पछिल्लोपटक सुन प्रति १० ग्राम ५४ हजार ७ सय ३३ भारु कारोबार भएको थियो । चाँदी भने प्रतिकिलो ६६ हजार ८ सय ५५ भारुमा कारोबार भएको बताइएको छ ।

यसअघि चाँदी प्रतिकिलो ६६ हजार ८ सय ६० भारुको स्तरमा थियो । डलरसँग भारु ३ पैसा कमजोर भएर ७५.०४ भारुमा कारोबार बन्द भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुन १९ सय ७५ डलर प्रतिऔँस र चाादी २४.३१ डलर प्रतिऔँसमा कारोबार भएको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्