Techie IT
बिहीबार, असोज १५,२०७७

चीनको युनान पुग्यो सलह, ड्रोनबाट विषादी छर्किएर बाली जोगाउने प्रयास


कुनमिड., साउन २१
भारत हुँदै नेपालमा समेत आएको सलह चीनको दक्षिण पश्चिम युनान प्रान्त पुगेको छ । चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार आइतबारसम्ममा सलहले १० हजार ३ सय ८९ हेक्टरभन्दा बढी क्षेत्रको बालीनाली सखाप पारेको छ । स्थानीय अधिकारीहरु र कृषि अनुसन्धान निकायहरुका अनुसार सलहले युनानका नौवटा जिल्लामा लगाइएको बालीमा व्यापक क्षति गरेका छन् ।

मौसफ सफा भएको र तापमान अनुकूल भएसँगै सलहको बथान तीव्र गतिमा सक्रिय भएका पाइएको छ । स्थानीय अधिकारीहरुले सलह फैलिन नदिन ड्रोनमार्फत विषादी छर्किँनेक्रम जारी रहेको छ । यहाँ गत जुन २८ मा पहिलो पटक सलह देखिएको थियो । सलह नियन्त्रण गर्न ८० हजारभन्दा बढी मानिस परिचालित भएका छन् ।

विज्ञहरुको भनाइमा चीनमा सलह प्रवेशको क्रम विस्तारै घट्न थालेको छ, तर सलहको संख्या ठूलै भएकाले नियन्त्रणमा ल्याउन निकै कठिन रहेको छ । यसअघि उक्त सलह पाकिस्तान, भारत हुँदै नेपाल आएको थियो । नेपालमा त्यति धेरै क्षति नगरे पनि भारतीय किसानले लगाएको बालीमा ठूलै क्षति पु-याएको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्