Techie IT
बिहीबार, असोज ८,२०७७

रूसलाई भाइरस खोपसम्बन्धी निर्देशनहरू पालना गर्न आग्रह


कुनमिड. साउन २१
विश्व स्वास्थ्य संगठनले मंगलबार रूसलाई भाइरस खोपसम्बन्धि निर्देशनहरू पालना गर्न आग्रह गरेको छ । मंगलबार मस्कोले तुरुन्तै कोभिड–१९ को खोपको उत्पादन सुरु गर्ने तयारीबारे घोषणा गरेपछि राष्ट्रसंघीय उक्त संगठनले रूसलाई सुरक्षित र प्रभावकारी खोप उत्पादन गर्ने दिशानिर्देशनहरूको पालना गर्न आग्रह गरेको छ ।

खोपबारे रूसी दावी : रूसले सोमबार सेप्टेम्बरमा कोरोनाभाइरस खोपको व्यापक उत्पादन गर्ने र अर्को बर्षमा प्रतिमहिना खोपको ‘करोडौँं’ मात्रा उत्पादन गर्ने लक्ष्यबारे जानकारी गराएको थियो । ‘हामी सेप्टेम्बरसम्ममा सामूहिक उत्पादन सुरु गर्नेमा विश्वस्त छौँ’, उद्योगमन्त्री डेनिस मन्तुरोभले रूसी समाचार संस्था तास न्यूज एजेन्सीसँगको साक्षात्कारमा बताए । उनले भने, ‘हामी एक महिनाका लाखौं मात्रा उत्पादन गर्नसक्नेछौँ र आगामी सेप्टेम्बरदेखि खोपलाई अत्यधिक उत्पादन गर्ने सुनिश्चित गर्न सक्षम हुनेछाँै । अर्को वर्षको सुरूसम्ममा करोडौँको खोपको मात्रा उत्पादन गर्नेछौँ ।’

खोप विकासमा लागेको उक्त संस्थाले मध्य रूसका तीन स्थानमा उत्पादन प्रविधि तयार गरिरहेको पनि रूसी समाचार संस्थाहरूले बताएका छन् । स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले गमलेयाले तयार पारेको खोपको क्लिनिकल परीक्षणहरू सम्पन्न भइसकेको र राज्यमा दर्ताकालागि आवश्यकप्रक्रिया सुरू भइरहेको बताउनुभएको थियो । गमलेयाको खोप ‘भेक्टर भ्याक्सिन’ हो । यसको मतलब यसले अन्य भाइरसहरूलाई प्रयोग गरी डीएनए एन्कोडिंगमार्फत आवश्यक प्रतिरक्षा कोशिका उत्पादन गरी उपचारमा सहयोग गर्छ ।

गमालेयाको खोपले ‘एडेनोभाइरस’ उत्पादन प्रविधि हो जुन चीनको क्यानसिनोले उत्पादन गरेको खोपको लाई काममा लिएको छ, चीनको क्यान्सिनोले विकास गरेको कोरोनाभाइरस खोपको प्रविधिसँग मिल्दोजुल्दो रहेको छ । क्यान्सिनोको खोपको पनि क्लिनिकल परीक्षणको अन्तिम चरणको परीक्षण भइरहेको छ ।

विश्व स्वास्थ्य संगठनको भनाइ : रूसी घटनाक्रमका बारेमा सोध्दा डब्ल्यूएचओका अधिकारीले सबै खोप प्रयोगका लागि योगदान गरेका उम्मेद्वारहरु बाहिर निस्कनु अघि परीक्षणको पूर्ण चरणमा जानुपर्छ । ‘हाम्रा स्थापित अभ्यास र दिशानिर्देशहरू छन्’, डब्ल्यूएचओका प्रवक्ता क्रिश्चियन लिन्डमेयरले जेनेभामा संयुक्त राष्ट्र संघमा पत्रकारहरूसँग भने ।

‘अवश्य पनि उत्पादनका लागि कुनै पनि खोप वा औषधिले अनुमतिपत्र प्राप्त गर्नुपर्छ । उनीहरूले विभिन्न परीक्षणहरू पार गर्दै अघि बढ्नुपर्छ’, उनले भने, ‘कहिलेकाहीँ अनुसन्धानकर्ताहरूले दाबी गर्छन् कि उनीहरूले केही नवीन कुरा भेटे जुन वास्तवमै खुसीको समाचार हुन्छ । हुनसक्छ कसैले खोप विकास गर्ने वा पत्ता लगाउने काम ग-यो तर यसले खोपको आधिकारिकताका लागि धेरै चरणहरू पार गर्नपर्छ । खोप विकासको मार्ग भेट्नु र सबै काम गर्ने खोप बनाउनुमा ठूलो भिन्नता छ ।’ (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्