Techie IT
शनिबार, असोज ३,२०७७

बेइजिङका विश्वविद्यालयहरूले पठनपाठन सञ्चालन गर्ने


चीन, भदौ १७
चीनमा नयाँ शैक्षिक वर्ष सुरू भएसँगै बेइजिङका क्याम्पस तथा विश्वविद्यालयले घर गएका विद्यार्थीहरूलाई कोभिड–१९ रोकथाम र नियन्त्रणका कडा उपायहरू अवलम्बन गर्दै फिर्ता बोलाउन थालेका छन् । नगरपालिका शिक्षा आयोगले उचित सतर्कता भएका विश्वविद्यालयहरूलाई अगस्ट १५ देखि क्रमशः खोल्न अनुमति दिइसकेको छ । मध्य अगस्टदेखि करिब १५ दिनको समयमा क्याम्पस तथा र विश्वविद्यालयका करिब एक लाख ७० हजारभन्दा बढी विद्यार्थीहरू बेइजिङ फर्किसकेका आयोगले जनाएको छ ।

सोमबारसम्म बेइजिङमा प्रतिदिन करिब १० हजारका दरले विद्यार्थीहरू प्रवेश गरेका उल्लेख गरिएको छ । सहरका झण्डै आधाभन्दा बढी विद्यार्थी नयाँ सेमेस्टरको पढाइका लागि आइसकेको बताइएको छ । पेकिङ युनिभर्सिटी (पीकेयू)ले मंगलबार तीन हजार तीन सयभन्दा बढी विद्यार्थीलाई स्वागत गरेको बताएको छ । कोभिड–१९ संक्रमण रोकथामका लागि भन्दै तत्कालका लागि चीनले विद्यार्थीका अविभावकलाई क्याम्पसमा प्रवेश नदिने तर विद्यार्थीहरूले भने संक्रमणबारे होसियारी अपनाउँदै विद्यालय प्रवेश पाउनेछन् ।

विश्वविद्यालयले महामारी रोकथाम र नियन्त्रण उपायहरू कार्यान्वयन गरेको छ । विद्यार्थीहरूले क्याम्पसमा फर्किनु अघि न्यूक्लिक एसिड टेस्ट लिन आवश्यक छ र उनीहरूको स्वास्थ्य अवस्था र पञ्जीकरण गर्दा उनीहरूको पूर्व आगमनको बारेमा प्रमाणपत्र प्रस्तुत गर्नुपर्नेछ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्