Techie IT
शनिबार, असोज १०,२०७७

सामसङका उत्तराधिकारी मुद्दा झेल्दै


दक्षिण कोरिया, भदौ १७
चर्चित ब्रान्ड सामसङका उत्तराधिकारी लि जाई योंग पुनः मुद्दामामिलामा तानिएका छन् । सन् २०१५ को मर्जर सम्झौतामा उनको भूमिकालाई लिएर ताजा मुद्दाहरु दर्ता भएको बीबीसीले जनाएको छ । दक्षिण कोरियाली अभियोजनकर्ताहरुले ५२ वर्षीय लिविरुद्ध सामसङ ग्रुपमा नियन्त्रण प्राप्त गर्न धोकाधडी गरेको आरोप लगाएका छन् । तर लिले भने आरोपको खण्डन गर्दै आएका छन् ।

सन् २०१७ मा लि मर्जर सम्झौतामा घुस प्रकरणमा दोषी ठहरिएका थिए । तर पछि उनको पाँच वर्षे जेल सजाय निलम्बन भएको थियो । यद्यपि उनी जेल जाने सम्भावना भने छैन । अब फेरि नयाँ अभियोगको उनले सामना गर्नुपर्नेछ । जुनमा सरकारी अभियोजनकर्ताहरुले लिलाई दोस्रोपटक पक्राउ गरेका थिए । सन् २०१५ मा सामसङ सीएन्डटी र चेल इन्डस्ट्रिजबीचको मर्जर प्रकरणमा लि तानिएका हुन् । यो प्रकरण सन् २०१७ को जेलसजायसँग पनि जोडिएको छ ।

जतिबेला दक्षिण कोरियामा ठूलो राजनीतिक र व्यावसायिक ‘स्क्यान्डल’ भएको थियो । सोही प्रकरणमा कोरियाका पूर्वराष्ट्रपति पार्क गुइन हीले राजीनामा दिएर जेल जानुपरेको थियो । त्यसयता लि सामसङले पार्ककै साथी चोइ सुन सिलले सञ्चालन गरेका दुईवटा गैरनाफामूलक संस्थालाई ३ करोड ५७ लाख अमेरिकी डलर दिइएको प्रकरणमा दोषी पाइएका थिए ।

लिविरुद्ध घुस, फन्डको दुरुप्रयोग तथा देशबाहिर सम्पत्ति लुकाएको आरोपमा पाँच वर्षको जेल सजाय भएको थियो । तर त्यसको छ महिनापछि उनी जेल जानबाट जोगिएका थिए । जे वाई लीका रुपमा समेत परिचित उनी लि कुन हीका छोरा हुन् । ही सामसङ ग्रुपका प्रमुख हुन् । उनी सामसङका संस्थापक लि ब्युङ चुलका नाति हुन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार