Techie IT
शनिबार, असोज १०,२०७७

इजरायल–युएई हवाइ उडान विधिवत् सुरु


इजरायल, भदौ १६
इजरायल र संयुक्त अरब इमिरेट्स (युएई)बीच सिधा हवाइ उडानको औपचारिक रुपमा सुरुवात भएको छ । इजरायलको बेन गुरिओन विमानस्थलबाट इजरायली र अमेरिकी उच्च पदाधिकारी लिएर इजरायली ध्वजावाहक अल–एल विमान सोमबार युएईको आबुधाबीका लागि प्रस्थान गरेको छ ।

एपीका अनुसार अमेरिकी प्रशासनको पहलमा इजरायल र युएईबीच यही अगष्टको सुरुमा कूटनीतिक सम्बन्ध स्थापना गरिएसँगै दुवै देशबीच सम्बन्ध सामान्यीकरणका लागि विभिन्न क्षेत्रमा नयाँनयाँ योजना अघि सारिएका छन् । इजरायलसँग कूटनीतिक सम्बन्ध राख्ने युएई तेस्रो अरब राष्ट्र हो । यसअघि इजरायलसँग इजिप्ट र जोर्डनले कूटनीतिक सम्बन्ध राखेका थिए । युएईसँग इजरायलको आजसम्म युद्ध भएको छैन ।

आबुधाबीतर्फ प्रस्थान गरेको विमानमा सवार अमेरिकी प्रतिनिधिमण्डलमा राष्ट्रपति डोनाल्ड ट्रम्पका वरिष्ठ सल्लाहकार एवं ज्वाइँ जारेड कुश्नर, राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ–ब्रायन, मध्यपूर्वका लागि अमेरिकी विशेषदूत अभि बर्कोविज र इरानका लागि अमेरिकी विशेषदूत ब्रायन हुक रहेका छन् । इजरायली प्रमण्डलमा भने राष्ट्रिय सुरक्षा सल्लाहकार मायर बेन–शाबात र विभिन्न मन्त्रालयका महानिर्देशकहरु रहेका छन् । दुवै प्रमण्डलले युएईका एमिरातसँग भेटघाट गर्नेछ ।

विमानमा चढ्नुअघि पत्रकारहरुसँग कुरा गर्दै जारेड कुश्नरले यस ऐतिहासिक उडानमा रहभागी हुन पाएकामा आभार व्यक्त गर्दै मध्यपूर्व समेतका अरु देशसँगको सम्बन्ध विकास गर्न यो ऐतिहासिक प्रस्थानविन्दु हुने विश्वास व्यक्त गरे । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार