Techie IT
शनिबार, असोज ३,२०७७

आवेको प्रशंसामा ट्रम्पले भने- जापानको इतिहासकै सबैभन्दा राम्रो प्रधानमन्त्री


वासिङटन, भदौ १६
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै पद त्याग गरेका जापानका प्रधानमन्त्री सिन्जो आबेलाई जापानको इतिहासकै सवैभन्दा राम्रो प्रधानमन्त्रीको संज्ञा दिएका छन् । दुई नेताबीचको टेलिफोन कुराकानीका क्रममा ट्रम्पले आबेको प्रशंसा गर्दै राम्रो प्रधानमन्त्रीको संज्ञा दिएका हुन् ।
जापानका तत्कालीन प्रधानमन्त्री ६५ वर्षीय आबेले गत शुक्रबार पद त्यागेको घोषणा गरेका थिए । आफ्नो अस्वस्थताका कारणले गर्नुपर्नेजति काम गर्न नसकेको र त्यसले देश र जनतालाई हानि पु-याउन लागेको भन्दै उनले राजीनामा दिएका थिए । अझै झण्डै साढे एक वर्ष कार्यकाल बाँकी रहेकै बेला पद त्यागको घोषणा गरेका आबे जापानको इतिहासमा सबैभन्दा धेरै समय प्रधानमन्त्री बन्ने नेता पनि हो ।

गत आइतबार राति ट्रम्पले फोन गरेपछि दुई नेताले पछिल्लो चार वर्षमा आफूहरुका बीचमा भएका सहकार्य, भेटघाट र वार्तालापहरुको स्मरण पनि गरे । समीक्षाका क्रममा दुई नेताले आफूहरुबीचको सम्बन्ध विशिष्ट प्रकारको भएको चर्चा गरेका थिए । आबेले पद त्यागको घोषणा गरेपछि उनीहरुका बीचमा पहिलो पटक कुराकानी भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले जापानमा आबे प्रधानमन्त्री भएको बेलामा जापान र अमेरिकाबीचको सम्वन्ध सुमधुर रहेको उल्लेख गरेका थिए । उनले जापान–अमेरिका सम्बन्ध आगामी दिनमा पनि थप सुदृढ हँुदै जाने विश्वास व्यक्त गर्दै जापानलाई राम्रो बनाउन आबेको अति महत्वपूर्ण भूमिका रहेको दाबी गरे । आबेको कार्यकाल अर्को वर्ष सन् २०२१ को सेप्टेम्बरसम्मका लागि थियो । उनले पद त्याग गरेपछि जापानमा अहिले नयाँ प्रधानमन्त्री चयन गर्ने प्रक्रिया चलिरहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्