Techie IT
१५ साउन २०७८, शुक्रबार

अठासी दिनयताकै भारतमा देखा परे कम संक्रमित


काठमाडौं ।

भारतमा दैनिक कोरोना संक्रमण दरमा कमि आएको छ । गएका चौबीस घण्टामा  ८८ दिन यताकै कम कोरोना संक्रमित देखा परेका छन् । पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या ५३ हजारमा झरेको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

यस्तै भारतमा कोरोनाका कारण गएको चौबीस घण्टामा एक हजार ४२२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।अहिले सम्म भारतमा कोरोना संक्रमितको संख्या २ करोड ९९ लाख ३५ हजार पुगेको छ ।

यस्तै कोरोनाबाट भारतमा अहिले सम्म तीन लाख ८८ हजार १३५ जनाको मृत्यु छ । अहिले भारतमा सकृय संक्रमितको संख्या ७ लाख रहेको छ भने भारतमा २८ करोड डोजभन्दा धेरै कोरोना खोप लगाइ सकिएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्