Techie IT
९ असार २०७८, बुधबार

भारतमा कोरोना संक्रमणदर ओरालो लाग्दा मृत्यु ६ हजार नाँघ्यो


काठमाडौं ।

भारतमा पछिल्लो केही दिन यता कोरोना संक्रमण हुनेको दैनिक संख्यादर लाख भन्दा तल झरेको छ । मृत्युदर पनि दुई,तीन हजारका हाराहारीमा भइरहँदा उक्कासी गएको चौबिस घण्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार भन्दा माथि पुगेको छ । गएको चौबिस घण्टामा भारतमा कोरोनाबाट ६ हजार १४८ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्रोतका अनुसार विहार सरकारले कोरोनाका कारण आफ्नो राज्यमान मृत्यु हुनेको संख्या अद्यावधिक गरेका कारण मृत्युदरमा बृद्धि आएको स्रोतले जनाएको छ । गएको चौबिस घण्टामा भारतमा नयाँ संक्रमितको संख्या ९४ हजार ५२ रहेको छ ।

अहिलेसम्म कुल संक्रमितको संख्या दुई करोड ९१ लाख ८३ हजार भन्दा धेरै पुगेको छ । यस्तै कोरोनाका कारण भारतमा अहिले सम्म ३ लाख ५९ हजार ६७६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्