Techie IT
९ असार २०७८, बुधबार

महिलाका लागि राहत कोषबाट २५ प्रतिशत रकम दिन बैंकहरुलाई निर्देशन


ढाका  ।
बंगलादेश बैंकले बैंकहरुलाई महिलाका लागि ३० अर्ब टाकाको राहत कोषबाट २५ प्रतिशत रकम वितरण गर्न निर्देशन दिएको छ । यो रकम किसान, वञ्चितीकरणमा परेका महिला, व्यवसायी र ठूला उद्यमीलाई वितरण गर्न आग्रह गरिएको बंगलादेशी मिडियाले जनाएका छन् ।

उक्त कोष गत वर्ष अप्रिलमा कोरोना महामारीले अप्ठ्यारोमा परेका उद्यमीलाई लक्षित गरी खडा गरिएको थियो । उक्त कोषको ठूलो हिस्सा भने महिला उद्यमीका व्यवसायमै खर्चिएको बताइएको छ । जारी सूचनाअनुसार बैंकहरुले उक्त निर्देशन तुरुन्तै कार्यान्वयन गर्नुपर्नेछ ।  (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्