Techie IT
आईतबार, असोज ४,२०७७

बेलायतको कार उत्पादनमा २०.८ प्रतिशतको गिरावत


लन्डन, भदौ १२
बेलायतको कार उत्पादनमा २०.८ प्रतिशतले गिरावट आएको छ । जुलाईमा कार उत्पादनमा उल्लेख्य गिरावट आएको हो । विश्वव्यापी मागमा सुस्तता आएको र कारखानाहरुले समेत कम उत्पादन गरिरहेको सोसाइटी अफ मोटर म्यानुफ्याक्चरर्स एन्ड ट्रेडर्स (एसएमएमटी)ले बिहीबार जनाएको छ ।

तथ्यांकअनुसार उक्त दरले कार उत्पादन घटेको छ । जुलाईमा ८५ हजार ६ सय ९६ युनिट मात्रै उत्पादन भएको हो । आन्तरिक र बाह्य दुवै बजारमा कारको माग समेत घटेको बताइएको छ । कोरोना महामारीका कारण रोकिए पनि अहिले विस्तारै प्रतिबन्धहरु हट्नथाल्दा कार उत्पादन बढ्नथालेको एसएमएमटीले वक्तव्यमा जनाएको छ ।

हालसम्म वार्षिक हिसाबले यो वर्ष ३९.७ प्रतिशतले कार उत्पादन घटेको छ । यद्यपि अहिले विस्तारै उत्पादन बढ्नथालेको छ । खासगरी कुनै पनि सम्झौताविनाको ब्रेक्जिटलाई लिएर बेलायतमा निराशा बढिरहेको छ भने कोरोना कहरले उद्योगहरुमा व्यापक असर गरेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्