Techie IT
सोमबार, असोज १२,२०७७

युरोपमा बोइङ ७३७ म्याक्सको परीक्षण उडान हुने


लन्डन, भदौ १२
युरोपेली हवाइ नियामकहरुले बोइङको अप्ठ्यारोमा परेको ७३७ म्याक्सको परीक्षण उडान तालिका निर्धारण गरेका छन् । दुईवटा दुर्घटनामा परेपछि विश्वभर ग्राउन्डेड भएका उक्त मोडलका जहाजमा प्राविधिक त्रुटि रहेको बताइएको थियो । कम्पनीले त्यसलाई सच्याइसकेको र पुनः उडानमा फर्किने अनुमति कुरिरहँदा युरोपमा विमानको परीक्षण उडान हुने भएको हो ।

युरोपेली युनियन एभिएसन सेफ्टी एजेन्सी (ईएएसए)ले आउँदो ७ सेप्टेम्बरको हप्तामा क्यानाडाको भ्यानकुवरमा परीक्षण उडान हुने बताएको छ । बोइङको यो मोडलको जहाज धेरै बिक्री भएको थियो । दुईवटा दुर्घटनामा ३ सय ४६ जनाले ज्यान गुमाएका थिए । अमेरिकी नियामकहरुले पनि यो मोडलका जहाजको परीक्षण उडान दुई महिनाअघि नै थालेका थिए । ईएएसएले अमेरिकी नियामक निकायले अनुमति दिँदैमा युरोपमा उडान गर्न पाइहाल्ने भन्ने नहुने स्पष्ट पारेको छ ।

युरोपेली संस्थाले बोइङ र अमेरिकी फेडेरल एभिएसन एडमिनिस्ट्रेसनसँग पनि यसबारे सहकार्य गरिरहेको जनाएको छ । नियामक निकायहरुले सुरक्षामा विश्वस्त अवस्थामा मात्रै म्याक्स विमानलाई उडान अनुमति दिनसकिने बताएका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्