Techie IT
आईतबार, कात्तिक ९,२०७७

भारतमा एकैदिन झण्डै ७६ हजार संक्रमित भेटिए


नयाँ दिल्ली, भदौ १२
भारतमा एकैदिन अहिलेसम्मको सबैभन्दा धेरै झण्डै ७६ हजार संक्रमित भेटिएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ७५ हजार ७६० जना संक्रमित भएका छन् । योसँगै भारतमा कुल संक्रमितको संख्या ३३ लाख १० हजार २ सय ३५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

त्यसैगरी भारतमा कोरोनाभाइरसबाट संक्रमित भएकामध्ये अहिलेसम्म कुल ६० हजार चार सय ७२ जनाको मृत्यु भएको पनि मन्त्रालयको तथ्यांक छ । तीमध्ये एक हजार २३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । कुल संक्रमितमध्ये सात लाख २५ हजार नौ सय ९१ जना अझै पनि संक्रमित अवस्थामै रहेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । भारतमा कोरोनाभाइरसबाट संक्रमित भएर पनि संक्रमणमुक्त भएकाहरुको संख्या २५ लाख २३ हजार सात सय ७२ पुगेको जनाइएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्