Techie IT
सोमबार, वैशाख ६,२०७८

कीर्तिमानी घाटामा रोल्स रोयस


अमेरिका, भदौ १२
जेट इन्जिन निर्माता इन्जिनियरिङ कम्पनी रोल्स रोयसले कोरोना भाइरसले पिरोलेको वर्ष कीर्तिमानी घाटा व्यहोरेको जनाएको छ । कम्पनीले यो वर्षको आधा समयावधिमा करअघिको घाटा ५ अर्ब ४० करोड पाउन्ड पुगेको जनाएको हो ।

कम्पनीका प्रमुख कार्यकारी वारेन इस्टले सन् २०१९ को अन्त्यतिर कम्पनीले व्यहोरेको घाटा पूर्ति आगामी पाँच वर्षसम्म पनि नहुने बताए । बुधबार कम्पनीले नटिंघम शायर र लंकाशायरमा कारखाना बन्द गर्ने जनाएको थियो । उसले बेलायतमा मात्रै ३ हजार रोजगारी कटौती गर्ने योजना बनाएको छ । कम्पनीले अहिले खर्च कटौतीको प्रयास गरिरहेको छ ।

विश्वमा यात्रा प्रतिबन्ध लागिरहेको कारण कम्पनीले घाटा व्यहोर्नुपरेको हो । कोरोनाभाइरस संक्रमणले महामारीको रुप लिएपछि विश्वको हवाइ उद्योग नराम्ररी प्रभावित बनेको छ । रोल्स रोयसले जेट इन्जिनहरु उत्पादन गर्छ । कम्पनीले महामारीले प्रभावित भएपछि विश्वभर रहेका ११ उत्पादन क्षेत्रलाई घटाएर ६ वटामा सीमित पार्नेछ । कम्पनीका ५० हजार कर्मचारी छन् । तीमध्ये झण्डै आधा बेलायतमै छन् ।

कम्पनीका इस्टले कम्पनीका ४५ सय कर्मचारीले काम छोडिसकेको बताए । रोल्स रोयसले आफ्नो स्पेनिस युनिट आईटीपी एरो र अन्य सम्पत्तिहरु बेचेर २ अर्ब पाउन्ड उठाउन चाहिरहेको उनको भनाइ छ । हवाइ क्षेत्रमा अनिश्चितता छाएकोले विकल्पहरु सोचेर कम्पनी सुदृढीकरण गरिने रोल्स रोयसले जनाएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्