Techie IT
मंगलबार, कात्तिक ४,२०७७

एडीबीले जारी ग-यो ३ अर्ब अमेरिकी डलरको ‘ग्लोबल बेन्चमार्क बन्ड’


मनिला, भदौ ११
एसियाली विकास बैंक फेरि डलर ऋणपत्र बजारमै फर्किएको छ । बैंकले ३ अर्ब अमेरिकी डलरको पाँचवर्षे विश्वव्यापी ऋणपत्र जारी गरेको हो । बैंकको साधारण पुँजी स्रोतअन्तर्गत उक्त ऋणपत्र जारी गरेको बुधबार जनाएको हो । ‘हामीले ग्रीष्मपछि जारी गर्ने अवसर देख्यौँ र नयाँ पाँच वर्षे ऋणपत्र जारी ग-र्यौँ’, एडीबीका ट्रेजरर पिएरे भान पेटेगेमले एक वक्तव्यमा भनेका छन् । एडीबीका अनुसार पाँच वर्षे ऋणपत्र शून्य दशमलव ३७५ प्रतिशत वार्षिक तिर्ने कुपन दरमा जारी गरिएको ऋणपत्र सन् २०२५ सेप्टेम्बर ३ मा परिपक्व हुनेछ । बन्ड ९९.५५ प्रतिशतमा १५.४ आधार दरमा शून्य दशमलव २५ प्रतिशतभन्दा माथि मूल्य कायम भएको बताइएको छ ।

यसको कारोबार बैंक अफ अमेयरिका, क्रेडिट एग्रिकोल र जेपी मोर्गानजस्ता चर्चित बैंकहरुले व्यवस्थापन गरेका थिए । एडीबीका अनुसार ऋणपत्रको एसियामा ४१ प्रतिशत, युरोप, मध्यपूर्व र अफ्रिकामा ३४ प्रतिशत र उत्तर र दक्षिण अमेरिकामा २५ प्रतिशत मुख्य बजारसम्म वितरण हुन सकेको बताए । एडीबीले उक्त ऋणपत्र ५२ प्रतिशत केन्द्रीय बैंकहरु र संस्थालाई, ३१ प्रतिशत बैंकहरुलाई र १७ प्रतिशत फन्ड मेनेजर तथा अन्य लगानीकर्ताहरुमा पुगेको बताएको छ । एडीबीले ३० अर्ब डलरदेखि ३५ अर्ब डलरसम्म सन् २०२० मा पुँजी बजारबाट रकम उठाउने योजना बनाएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्