Techie IT
शनिबार, मंसीर १३,२०७७

अमेरिकी प्रथम महिला मेलानियाद्वारा कोरोना संक्रमितप्रति सहानुभूति व्यक्त


वासिड.टन, भदौ ११
अमेरिकी प्रथम महिला मेलानीया ट्रम्पले कोरोनाभाइरसबाट संक्रमित भएका परिवारजनप्रति सहानुभूति व्यक्त गरेकी छिन् । एपीका अनुसार कोरोनाभाइरसले सृजना गरेको संकटपूर्ण यस चुनौतीलाई सबै अमेरिकीले मिलेर सामना गर्नुपर्नेमा पनि उनले जोड दिएकी छिन् ।

रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनलाई मङ्गलबार राती सम्बोधन गर्दै उनले सबै अमेरिकीहरु एकजुट भएर लडियो भने यस्ता सबै चुनौतीहरुलाई सामना गर्न सकिने अठोट व्यक्त गरिन् । कोरोनाभाइरसको महामारीलगायतका चुनौतीहरुको समाधान नगरी आफ्ना पति तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्राम नलिने पनि उनले बताइन् ।

श्रीमती ट्रम्पले मानवताको सुन्दर पक्षका बारेमा चर्चा गर्दै प्राकृतिक प्रकोपलगायत चुनौतीहरुका बारेमा सचेत हुनुपर्ने बेला भएकोमा जोड दिएकी थिइन् । ह्वाइट हाउसको रोज गार्डेनबाट भएको उनको सम्बोधन सुन्नका लागि राष्ट्रपति ट्रम्प आफ्ना समर्थकहरुसँगै दर्शक दीर्घामा बसेका थिए ।

कोरोनाभाइरसको सङ्क्रमण सर्न नदिनका लागि कम्तीमा पनि छ फिटको सामाजिक दुरी कायम गर्नु पर्ने चिकित्सकहरुको सिफारिस रहेपनि सो कार्यक्रममा दर्शकहरु बस्ने ठाउँमा दुई फिटको मात्रै दुरी कायम गरिएको थियो । कार्यक्रममा सहभागी अधिकांश पारिवारिक सदस्य तथा साथीहरुले मास्क समेत लगाएका थिएनन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्