भारतमा कोरोना संक्रमितको संख्या ३२ लाख नाघ्यो

नयाँ दिल्ली, भदौ ११
भारतमा एकै दिनमा ६७ हजार १५१ जना कोरोना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ३२ लाख नाघेको छ । गत २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण एक हजार ५९ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । भारतमा कोरोना भाइरस संक्रमतिको कुल संख्या ३२ लाख ३४ हजार चार सय ७५ पुगेको छ । तीमध्ये हाल सात लाख सात हजार दुई सय ६७ जनामा हाल पनि संक्रमित अवस्था रहेका छन् ।
हाल संक्रमित अवस्थामा रहेका ती व्यक्तिहरुको शाररिक अवस्थाअनुसार अस्पताल र घरमा क्वारेन्टाइनमा बसेर उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएको छ । हालसम्म भारतमा २४ लाख ६७ हजार सात सय ५९ जना कोरोना मुक्त भएका पनि समाचारमा जनाइएको छ ।
कोरोना संक्रमण सुरु भएयता भारतमा यस रोगबाट ५९ हजार चार सय ४९ जनाको मृत्यु भएको छ । भारतको महाराष्ट्र राज्यमा एक लाख ६६ हजार दुई सय ३९ कोरोना पोजेटिभ अवस्थामा रहेका छन् । भारतको अरु राज्यमा तुलना महाराष्ट्र सब भन्दा बढी प्रभावित राज्यको रुपमा रहेको छ । त्यसैगरी दोस्रो स्थानमा आन्ध्र प्रदेश रहेको छ । यहाँ ८९ हजार नौ सय ३२ जनामा अहिले पनि कोरोना भाइरस संक्रमण अवस्थामा रहेको छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : अन्तर्राष्ट्रिय
तपाईको कमेन्ट लेख्नुहोस्