Techie IT
बुधबार, कात्तिक १२,२०७७

चीनमा टेस्लाको वाई मोडल अग्रिम मागका लागि उपलब्ध


सांघाई, भदौ ११
अमेरिकी विद्युतीय कार निर्माता टेस्लाको वाई मोडल प्रिअर्डर (अग्रिम माग)का लागि खुल्ला भएको छ । टेस्ला चाइनाले आफ्नो आधिकारिक वेबसाइटमा अग्रिम माग खुल्ला भएको जानकारी दिएको हो । मागबमोजिमको उत्पादन भने सन् २०२१ मा मात्रै सुरु हुनेछ । यो चाँडो हुँदा मात्रै हो, अझै ढिलाइ हुनसक्नेछ ।

टेस्लाको मोडल वाईका दुई मोडल अहिलेलाई प्रिअर्डर गर्न सकिनेछ । दुई मोडलकालाई क्रमशः ४ लाख ८८ हजार युआन र ५ लाख ३५ हजार युआन सुरुवाती मूल्य राखिएको कम्पनीले जनाएको छ । अहिले राखिएको मूल्य अनुमानित भएको र पछि यथार्थ मूल्य राखिने कम्पनीले जनाएको छ । जनवरी ७ मा टेस्लाले मोडल वाईका कारहरु सांघाईमा रहेको गिगाफ्याक्ट्रीमा उत्पादन गर्ने घोषणा गरेको थियो । कम्पनीको चीनमा रहेको यो फ्याक्ट्री अमेरिकाबाहिर पहिलो हो । टेस्लाले आधिकारिक रुपमै चीनमा बनेका मोडल ३ का सेडान कारहरु अघिल्लो वर्ष डेलिभरी गरिसकेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्