Techie IT
१० असार २०७८, बिहीबार

अमेरिकी डिभीको नतिजा सार्वजनिक


काठमाडौं ।

अमेरिकाले प्रत्येक वर्ष विश्वका विभिन्न देशहरुबाट डिभी चिठ्ठा छनौट माध्यमबाट विदेशी नागरिकहरु अमेरिका लैजाने गरेको छ । यसै क्रममा डिभी २०२२ को नतिजा गए राती सार्वजनिक भएको काठमाडौंस्एिथत अमेरिकी राजदूताबासले जनाएको छ ।

आफूलाई डिभी परेको नपरेको हेर्नका लागि  dv programme.state.gov वेबसाइटमा निशुल्क हेर्न सकिने जसका लागि डिभी भर्दा उपलब्ध भएको कन्फर्मेशन नम्बर प्रयोग गर्नु पर्ने दूताबासले जनाएको छ ।

साथै छनौटमा परेकाहरुलाई त्यसपछिको प्रकृयाको बारेमा जानकारी सोही वेबसाइटमा नै उपलब्ध रहेको दूतावासले जनाएको छ । यस पटक डिभी विजेता भनेर कुनै इमेल नआउने तथा भिसा अन्तर्वार्ताका लागि अग्रिम शुल्क पनि नलाग्ने दूताबासले जनाएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्