Techie IT
२ जेठ २०७८, आईतबार

अमेरिका प्रवेश गर्ने शरणार्थीको संख्या बढाएर बाइडेन प्रशासनले पु-यायो १५ हजारबाट साढे बैसठ्ठी हजार


काठमाडौं ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका प्रवेश गर्ने शरणार्थीको संख्या वार्षिक रुपमा १५ हजारबाट बढाएर ६२ हजार पाँच सय पु-याएका छन् ।यस विषयमा आफ्नै पार्टीभित्रबाटै विरोध आएपछि बाइडेनले १५ हजारबाट बढाएर ६२ हजार पाँच सय पु-याएका हुन् ।

यस अघिको डोनाल्ड ट्रम्प प्रशासनले तय गरेको वार्षिक १५ हजार शरणार्थी त्रित्र्याउने निति लिएको बाइडेन प्रशासनले आफ्नै पार्टी भित्रका प्रोग्रेसिभ तथा शरणार्थी एजेन्सीहरुले वार्षिक रुपमा प्रवेश गर्न दिने आप्रवासीको संख्या १५ हजार नै राख्नु अमानवीय रहेको भन्दै तीव्र आलोचना गरेपछि संख्या बढाएर ६२ हजार ५ सय पु-याएका हुन् ।आगामी वर्षहरुमा यो संख्या बढाएर १ लाख २५ हजार बनाउने राष्ट्रपति बाइडेनले घोषणा गरेको पनि अमेरिकी समाचार एजेन्सीले जनाएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्