Techie IT
बुधबार, मंसीर १०,२०७७

चिनियाँ विदेशमन्त्री वाङ युरोप भ्रमणमा


बेइजिड., भदौ १०
चिनियाँ विदेशमन्त्री वाङ यीले मंगलबारदेखि केही युरोपेली देशहरुको भ्रमण गर्ने भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजानले सोमबार सो कुराको जानकारी दिएका हुन् । विदशेमन्त्री वाङ इटाली, नेदरल्याण्ड, नर्वे, फ्रान्स र जर्मनीको भ्रमणमा जान लागेका हुन् । उनी यही अगष्ट २५ अर्थात् आजदेखि आगामी सेप्टेम्बर १ सम्म ती युरोपेली देशको भ्रमणमा रहने जानकारी प्रवक्ता जाओले दिएका हुन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्