Techie IT
२ जेठ २०७८, आईतबार

भारतमा पछिल्लो चौबिस घण्टामा तीन लाख ५७ हजार बढी संक्रमित थपिए

संक्रमितको कूल संख्या दुई करोड लाग्यो


काठमाडौं ।

भारतमा पछिल्लो चौबिस घण्टामा तीन लाख ५७ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।गएको चौबिस घण्टामा तीन लाख ५७ हजार २२९ जना संक्रमित थपिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । अस्पतालमा शय्याको अभाव तथा औषधि र अक्सिजनको अभाव हुँदा बचाउन सकिने संक्रमितहरुको पनि ज्यान गएको अवस्था छ ।

यस्तै सोही अवधिमा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ सय ४९ पुगेको छ । भारतमा अहिले सम्म कोरोना संक्रमितहरुको कूल संख्या दुई करोड दुई लाख ८२ हजार ८३३ पुगेको छ । यस्तै कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई लाख २२ हजार ४०८ पुगेको छ ।भारतमा हालसम्म १५ करोड ७१ लाख ९८ हजार २०७ जनाको कोरोना भाइरसविरुद्धको खोप लगाएको भए पनि कोरोना नियन्त्रणमा आउन सकेको छैन ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्