Techie IT
४ जेठ २०७९, बुधबार

फ्रेन्च सरकारलाई करोडौँ बक्यौता कर तिर्न फेसबुक सहमत


पेरिस, भदौ १०
सामाजिक सञ्जाल फेसबुकले फ्रान्सको सरकारलाई १० करोड ६० लाख युरो बक्यौता कर तिर्न सहमत भएको छ । बीबीसीका अनुसार फ्रान्समा फेसबुकले गरेको आम्दानीको बक्यौता तिर्न फेसबुक सहमत भएको हो । उक्त रकम सन् २००९ यताको फ्रान्समा कम्पनीको व्यवसायसँग सम्बन्धित रहेको बताइउको छ । सामाजिक सञ्जाल कम्पनीले सन् २०२० का लागि आम्दानीमा ८४ लाख ६० हजार युरो तिर्न पनि सहमति भएको छ ।

फेसबुककी एक जना प्रवक्ताले कम्पनीले व्यवसाय गरेका हरेक बजारमा कर तिर्ने प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘हामीले कर तिर्नुपर्ने बाध्यतालाई गम्भीर रुपले लिएका छौँ । यस सम्बन्धमा विश्वभरकै सम्बन्धित अधिकारीसँग सहकार्य पनि गरिरहेका र्छौँ ।’ तिर्नुपर्ने कर तिर्ने र थाती रहेका विवाद समाधान गर्ने फेसबुकको भनाइ छ । यही प्रयासस्वरुप फ्रान्सका अधिकारीसँग सहकार्य गरेको उनले बताइन् ।

यद्यपि फ्रान्ससँगको कर विवादबारे केही खुलाइएको छैन । फ्रान्सले पछिल्लो समय प्रविधि कम्पनीलाई देशभित्र गरेको व्यवसायको कर तिराउने प्रयास गरिरहेको छ । फेसबुकजस्तै गुगल, एप्पल र अमेजनले पनि यस्तो सम्झौता गरिसकेका छन् । फेसबुकले सन् २०१८ यता आफ्नो बिक्री संरचना परिवर्तन गरेको पनि जनाएको छ । फेसबुकले सन् २०१९ मा फ्रान्समा ३८ प्रतिशत कर दर बुझाएको बीबीसीले जनाएको छ । जुन ३३.३ प्रतिशतको आयकर दरभन्दा धेरै हो । फेब्रुअरीमा फेसबुकका प्रमुख मार्क जुकरबर्गले प्रविधि कम्पनीले तिरेको करमा सार्वजनिक रुपमा आलोचित हुनुपरेको टिप्पणी गरेका थिए । फेसबुकले युरोपमा धेरैभन्दा धेरै कर तिर्नुपर्ने कुरासँग आफू सहमत भएको उनले बताएका थिए ।

फेसबुकमाथि लाग्ने कर पनि नतिरेको आरोप लाग्दै आएको छ । धेरैजसो देशमा फेसबुकले कर नतिरेको आरोप लाग्दै आएको छ । गत वर्ष फ्रान्सले नयाँ डिजिटल सेवा करको घोषणा गरेको थियो । बुहराष्ट्रिय कम्पनीलाई लक्षित गर्दै कर घोषणा गरे पनि गत जनवरीमा सन् २०२० को अन्त्यसम्म यो कर संकलन ढिलाइ गर्नसक्ने बताएको थियो । सन् २०१८ मा फेसबुकले बेलायतमा २ करोड ८५ लाख पाउन्ड कर्पोरेसन ट्याक्स तिरेको थियो । अहिले धेरैजसो देशले सामाजिक सञ्जाल कम्पनीमा विज्ञापन भए पनि कम्पनीबाट कर नआएको भन्दै कर तिराउनुपर्ने आवाज उठिरहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्