Techie IT
सोमबार, वैशाख ६,२०७८

कोरोनाका कारण ब्राजिलमा एकै दिन चार हजार भन्दा धेरैको मृत्यु

कोरोनाले अहिले सम्म तीन लाख ३६ हजार ९ सय भन्दा बढिको मृत्यु


काठमाडौं ।

ब्राजिलमा कोरोनाका कारण विगत २४ घण्टामा चार हजार भन्दा धेरैको ज्यान गएको छ ।पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण चार हजार १९५ जनाको मृत्यु भएको हो । योसँगै ब्राजिलमा अहिले सम्म कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या तीन लाख ३६ हजार ९ सय भन्दा बढि पुगेको छ । कुल संक्रमितको संख्या एक करोड ३१ लाख भन्दा बढि पुगेको छ ।

कोरोना भाइरसको नयाँ भेरियन्टका कारण ब्राजिलमा संक्रमण दर दिन प्रति दिन बढ्दै गएको छ । अस्पतालहरुमा संक्रमितहरुको चाप बढेर थाम्न नसक्ने भएको छ । तर पनि ब्राजिल सरकार लकडाउन गर्ने सोंचमा छैन ।कोरोनाले भन्दा पनि देशको अर्थव्यावस्था चलायमान हुन सकेन भने त्यसले झन गम्भिर असर पार्ने भन्दै प्रतिबन्ध गरिएका कतिपय स्थापनय तहमा पनि प्रतिबन्ध हटाउने तयारीमा रहेको स्रोतले जनाएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्