Techie IT
सोमबार, वैशाख ६,२०७८

भारतमा कोरोना संक्रमण उच्च गतीले बढ्दै

एकै दिन थपिए १ लाख १५ हजार ७३६ संक्रमित


काठमाडौं ।

पछिल्लो समयमा भारतमा कोरोनाको बृद्धिदर उच्च गतीले बढिरहेको छ । पछिल्लो २४ घण्टामा एक लाख १५ हजार ७३६ जनामा संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।अहिले सम्म कुल संक्रमितको संख्या एक करोड २८ लाख भन्दा बढी रहेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोभिड–१९ का कारण ६३० जनाको मृत्यु भएको छ ।कोरोनाका कारण अहिले सम्म मृत्यु हुनेको संख्या एक लाख ६६ हजार १७७ पुगेको छ ।

भारतमा अहिले सक्रिय संक्रमितको संख्या ८ लाख ४३ हजार ४७३ पुगेको छ । अहिलेसम्म ८ करोड ७० लाख भन्दा बढिले कोरोना विरुद्धको खोप लगाएका छन् । भारतले कारोना राकथामका लागि हरेक किसिमको उपाय अपाइरहेको भए पनि संक्रमित हुनेको संख्या भने दिन प्रति दिन बढिरहेको पाइन्छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्