Techie IT
सोमबार, वैशाख ६,२०७८

भारतीय चलचित्र क्षेत्रको सर्बोच्च फाल्के पुरस्कार पाए रजनीकान्तले


काठमाडौं ।

भारतीय अभिनेता रजनीकान्तले दादा साहेब फाल्के पुरस्कार प्राप्त  गर्ने भएका छन् । उक्त कुराको भारतका सूचना तथा प्रशारण मन्त्री प्रकाश जावडेकरले ट्वीट गरेर सन् २०१९ को दादा साहेब फाल्के अवार्ड प्रदान गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

यो पुरस्कार भारतीय चलचित्र क्षेत्रको सबै भन्दा ठूलो पुरस्कार हो । रजनीकान्तलाइृ भारतीय चलचित्र क्षेत्रमा अतुलनिय योगदान गरेको भन्दै दादा साहेब फाल्के पुरस्कार दिइएको हो । यो पुरस्कार आगामी मे ३ तारिखमा विशेष कार्यक्रमका साथ प्रदान गरिने वुझिएको छ । यो पुरस्कार छनौटको जुरी निर्णायकको रुपमा आशा भोसले, सुभाष घई, मोहनलाल, शंकर महादेव र विश्वजीन चटर्जी रहेका थिए ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, मनोरञ्जन


तपाईको कमेन्ट लेख्नुहोस्