Techie IT
१७ माघ २०७९, मंगलबार

अमेरिकाको चालू खाता घाटा गत वर्ष १२ वर्षयताकै उच्च


वासिङटन ।
सन् २०२० मा अमेरिकाको चालू खाता घाटा १२ वर्षयताकै उच्च भएको छ । कोरोना महामारीले वस्तु तथा सेवा प्रभावित हुँदा चालू खाता घाटामा गएको बताइएको छ । रोयटर्सका अनुसार मंगलबार वाणिज्य विभागले यसबारे जानकारी दिएको हो । यही विभागले वस्तु, सेवा र लगानी देश भित्रिने र बाहिरिने अवस्थाको नापजाँच गर्छ । विभागका अनुसार चालू खाता घाटा ३४.८ प्रतिशतले बढेर गत वर्ष छ खर्ब ४७ अर्ब २० करोड अमेरिकी डलर पुगेको छ । यो सन् २००८ यताकै ठूलो घाटा हो ।

यस्तै गत वर्ष चालू खाताले अन्तर कुल गार्हस्थ्य उत्पादनको ३.१ प्रतिशत प्रतिनिधित्व गरेको पनि विभागले जनाएको छ । यो पनि सन् २००८ यता र सन् २०१९ को २.२ प्रतिशतभन्दा धेरै देखिएको छ । विदेशी आप्रवासीलाई हुने वस्तु र सेवा निर्यातबाट हुने आम्दानी पनि पाँच खर्ब ७८ अर्ब डलर घटेर ३२ खर्ब ३० अर्ब अमेरिकी डलरमा झरेको छ । त्यस्तै उनीहरुलाई तिरिने वस्तु र सेवाबापतको रकम पनि चार खर्ब ११ अर्ब डलर घटेर ३८ खर्ब डलर पुगेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्