उत्तर कोरियाद्धारा मिसाइल प्रक्षेपण

काठमाडौं ।
उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेको छ । उसले छोटो दूरीको मिसाइल प्रक्षेपण गरेको हो ।
बेला बेलामा सैन्य अभ्यास र लामो दूरीका मिसाइल प्रक्षेपण गरेर विश्वको शक्तीशाली हुँ भन्ने अमेरिकालाईसमेत हल्लाइरहेको उत्तर कोरियाले फेरि अहिले मिसाइल प्रक्षेपण गरेर विश्व जगतलाई सशंकित बनाएको छ ।
तर यस पाली उसले छोटो दूरीको मिसाइल प्रक्षेपण गरेको वुझिएको छ । अमेरिकामा जो बाइडेन सत्तामा आएयता पहिलोपटक उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेको हो ।उत्तर कोरियाले हाल गरेको प्रक्षेपणलाई ‘सामान्य र नियमित भएको मानिएको छ ।
उत्तर कोरियाले गएको सप्ताअन्तमा नन–ब्यालेस्टिक क्रुज मिसाइल प्रक्षेपणलाई संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद प्रस्तावनाले प्रतिबन्धित गरेको छैन । तर यस सम्बन्धी अमेरिकी संचारमाध्यमले प्रसारण गर्दै आएका थिए ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
तपाईको कमेन्ट लेख्नुहोस्