पश्चिमा देशहरुले किन लगाए चीनमाथि प्रतिबन्ध ?

काठमाडौं ।
अमेरिका, बेलायत, क्यानडा तथा युरोपियन युनियनमा आवद्ध देशहरुले चीनका अधिकारीमाथि प्रतिबन्ध लगाएको घोषणा गरेका छन् । युरोपियन युनियन, बेलायत, अमेरिका र क्यानडाले संयुक्त रुपमा प्रतिबन्धको घोषणा गरेका हुन् ।
चीन सरकारले शिन्जिङ्ग प्रान्तमा रहेका अल्पसंख्यक युगुर मुस्लिम समुदायमाथि भएको दुर्व्यवहार तथा मानवअधिकार उल्लंघनको विषयलाई लिएर चीनका अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको जनाइएको छ।
उनीहरुलाई डिटेन्सन सेन्टरमा बन्धक बनाएको, यातना दिएको, बाध्यात्मक रुपमा श्रममा लगाएको तथा यौन शोषण गरेको आरोप छ ।यस्तै त्यसको वदलास्वरुप चीनले पनि पश्चिमा देशमा अधिकारीहरुमाथि प्रतिबन्ध लगाएको स्रोतले जनाएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
तपाईको कमेन्ट लेख्नुहोस्