Techie IT
१७ माघ २०७९, मंगलबार

अमेरिकामा गोली प्रहारबाट कम्तीमा १० जनाको मृत्यु


काठमाडौं ।

अमेरिकाको कोलोराडोमा एक सुपरमार्केटमा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एक प्रहरी अधिकारीसहित कम्तीमा १० जनाको ज्यान गएको छ ।सोमबार अपराहन्न बोउल्डरमा रहेको किङ्ग सूपर ग्रोसरी स्टोरमा स्थानीय समय अनुसार एक बन्धुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १० जनाको ज्यान गएको स्रोतले जनाएको छ।

प्रहरीलाई उद्धृत गर्दै द डेली क्यामराले घटनामा एक प्रहरी अधिकारीसहित कम्तीमा १० जनाको ज्यान गएको उल्लेख जनाएको छ ।घटनास्थल डेन्वरबाट ४५ किलोमिटर उत्तर पश्चिममा भएको जनाइएको छ । स्थानीय समय अनुसार दिउँसो ३ बजे बन्दुक आक्रमण भएको र आक्रमणमा बन्दुधारी पनि घाइते भएकोले उपचार भइरहेको स्रोतले जनाएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्