Techie IT
बुधबार, असोज १४,२०७७

ब्राजिलमा कोरोना भाइरसबाट १ लाख १३ हजार बढीको मृत्यु


रियो दि जेनेरियो, भदौ ७
कोरोना भाइरससँग लडिरहेको ब्राजिलमा गएको २४ घण्टाभित्र ३२ हजार जना भन्दा बढीको संख्यामा संक्रमितहरु भेटिएका छन् । प्राप्त समाचारअनुसार यहाँ पछिल्लो २४ घण्टामा मात्र ३२ हजार पाँच सय ५४ जना कोभिड १९ का संक्रमित भेटिएका बताइएको हो ।

त्यसैगरी यहाँ गएको २४ घण्टामा एक हजार बढीको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ एक हजार ५४ जनाको गएको २४ घन्टामा नै निधन भएको हो । यहाँ अघिल्लो दिनको तुलनामा संक्रमितको संख्यामा भने कमी आएको बताइएको छ । प्राप्त समाचारमा अघिल्लो दिन ४५ हजार जनामा संक्रमण देखिएकोमा २४ घण्टायता त्यसमा कमी आएको हो ।

अहिलेसम्म यहाँका संक्रमितको संख्या ३५ लाख ३६ हजार जना पुगेको बताइएको छ । यहाँका २६ लाख ७० हजार भन्दा बढी नागरिक भने निको भएर घर फर्किएका छन् । ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख १३ हजारभन्दा बढी पगेको बताइएको छ । यस संक्रमणबाट विश्वमा २ करोड ३१ लाखभन्दा बढी नागरिक संक्रमित भएका छन् भने आठ लाख तीन हजारभन्दा बढीको ज्यान गइसकेको छ । ब्राजिल अमेरिकापछि सबैभन्दा बढी संक्रमित हुने देश हो । अमेरिकामा कोरोना भाइरसका करिब ५८ लाख मानिस संक्रमित पाइएका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्