Techie IT
१२ साउन २०७८, मंगलबार

सैन्य कू भएपछि पहिलोपटक नेतृ आङ साङ सुची देखिइन


म्यान्मार ।
म्यान्मारमा सैन्य कू भएपछि पहिलोपटक लोकतान्त्रिक नेतृ आङ साङ सुची देखा परेकी छिन्। सुचीलाई कूपछि पहिलोपटक देखेको हो ।

सुचीका वकिलहरुले सुचीलाई कूपछि पहिलोपटक देखेको बीबीसीले जनाएको छ। उनी सोमबार भिडिओ लिङ्कमार्फत राजधानीको एक अदालतमा उपस्थित भएकी हुन्।सो क्रममा उनलाई आफ्ना वकिलहरुसँग भेट्न छुट दिइएको थियो।

उनीमाथि बिना अनुमति वाकीटकी सेट आयात गरेको, कोभिडसम्बन्धी प्रतिबन्धहरू पालना नगरेको र डर पैदा गर्न सक्ने सूचना प्रकाशित गरेको आरोप लगाइएको छ।

सुचीको रिहाईको माग गर्दै आन्दोलन चर्किरहेको बेला सुची अदालत उपस्थित भएकी हुन्। आइतबार मात्रै म्यान्मारमा हिंसात्मक बनेको प्रदर्शनमा प्रहरीको गोलीबाट १८ जनाको मृत्यु भएको थियो।


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्