Techie IT
१२ साउन २०७८, मंगलबार

म्यानमारमा सैन्य शासनको विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एकै दिन १८ जनाको मृत्यु


म्यानमार ।
म्यानमारमा सैन्य शासनको विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एकै दिन १८ जनाको मृत्यु भएको छ। सैन्य शासनको विरोधमा शान्तिपुर्ण प्रदर्शन गर्न सडकमा आएका थिए ।

संयुक्त राष्ट्र संघको मानवाधिकार कार्यालयले यसलाई सैन्य शासनको विरोधमा भइरहेको प्रदर्शनका दिनमध्ये सबैभन्दा घातक दिन बताएको छ।प्रदर्शनकारीहरूमाथि दमन गर्न त्यहाँको सुरक्षाबलले रबर बुलेट, टियर ग्याससँगै गोली समेत चलाएको थियो।

सामाजिक सञ्जालहरूमा आएका भिडियोमा प्रहरीले कारबाही गर्दा प्रदर्शनकारीहरू भागिरहेको देखिन्छ। फेब्रुअरी १ मा सेनाले शासन सत्ता हातमा लिएयता म्यानमारमा व्यापक रूपमा शान्तिपूर्ण प्रदर्शन भइरहेका छन्।

आइतबार म्यानमारका यंगुन, दवेई र मन्डाले शहरमा प्रदर्शन चर्किएको थियो। ती शहरमा धेरै प्रदर्शनकारीको ज्यान गएको बिबिसीले जनाएको छ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्