Techie IT
१२ साउन २०७८, मंगलबार

म्यानमारमा प्रहरीले चलाएको गोली लागेर कम्तिमा दुई जनाको मृत्यु


म्यानमार ।
म्यानमारमा प्रहरीले आइतबार सैनिक शासनविरूद्ध प्रदर्शन गरिरहेका नागरिकमाथि दमन गरेको छ। आइतबार प्रहरीले चलाएको गोली लागेर कम्तिमा दुई जनाको मृत्यु भएको र अरू दर्जनौं घाइते भएका छन्।

यंगुनका विभिन्न स्थानमा अश्रु ग्यास प्रहार गर्दा पनि भीड तितर-बितर नभएपछि प्रहरीले गोली चलाएको थियो। मृतकको संख्या अझै बढ्न सक्ने समाचारहरूमा जनाइएको छ।

फेब्रुअरी १ मा भएको सैनिक कूको विरोधमा काम छोडेका चिकित्सकहरू आन्दोलनकारी घाइते भएपछि उनीहरूको उपचार गर्न इमरजेन्सी वार्डमा गएका समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसअघि नै प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर तीन जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्