Techie IT
आईतबार, फागुन १६,२०७७

पाकिस्तानका प्रधानमन्त्री इमरान खान श्रीलङ्कामा भ्रमण गर्दै


इस्लामावाद ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मंगलबारदेखि श्रीलङ्काको भ्रमण सुरु गरेका छन् ।

भ्रमण टोलीमा प्रधानमन्त्रीसँगै पाकिस्तानी विदेश मन्त्री शाह मोहम्मद कुरेशी, प्रधानमन्त्रीका बाणिज्य, उद्योग, कर तथा लगानी सम्बन्धी सल्लाहकार अब्दुल रजाक दाउद र प्रधानमन्त्रीका विषेश सहयोगी सयद जुल्फीकार अब्बास बुखारी पनि सहभागी छन् । दुई दिने औपचारिक भ्रमणका लागि उनी आज त्यस तर्फ प्रस्थान गरेका छन् । पाकिस्तानी प्रधानमन्त्री खान श्रीलङ्काका समकक्षीको निमन्त्रणामा श्रीलङ्काको भ्रमणमा गएका हुन् ।

प्रधानमन्त्री भएपछि उनले पहिलो पटक श्रीलङ्काको भ्रमण गरेको अधिकारीहरुले जनाएका छन् । उनी सन् २०१८ को अगस्टमा पाकिस्तानको प्रधानमन्त्री भएका हुन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार