Techie IT
आईतबार, फागुन १६,२०७७

अफगानिस्तानले पनि शुरु ग-यो कोभिड–१९ विरुद्धको खोप अभियान


काठमाडौं ।

(अफगानिस्तान सरकारले पनि कोभिड–१९ विरुद्धको खोप अभियान शुरु गरेको छ । मंगलबारदेखि भारत सरकारले उपलब्ध गराएको पाँच लाख डोजको कोभिड सिल्डबाट खोप अभियान शुरु गरेको हो।राष्ट्रपति अश्रफ घानीले खोप लगाएर अभियानको शुरुवात गरेका छन् ।

अफगान सरकारले चिकित्सक, सुरक्षाकर्मी र पत्रकारहरुलाई पहिलो चरणको दिने जनाएको छ । अहिले सम्म अफगानिस्तानमा करिब ५५ हजार ६०० व्यक्ति कोरोना संक्रमित भएका र तीमध्ये दुई हजार ४३० जनाको मृत्यु भएको अफगान सरकारले जनाएको छ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्