Techie IT
आईतबार, फागुन १६,२०७७

सी चिनफिङले भारत भ्रमण गर्ने


काठमाडौं ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ निकट भविष्यमा भारत भ्रमणको तयारीमा रहेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

दुई देशको बीचमा तनाव साम्य भए लगत्तै चिनियाँ राष्ट्रपति सी चिनफिङले भारत भ्रमण गर्ने संभाबना रहेको हो । ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित ब्रिक्स सम्मेलनमा भाग लिन सी भारत आउने छन् ।

यो वर्ष सम्मेलन गर्ने पालो भारतको हो र यसमा चीनले सहमति जनाइसकेको छ । चिनियाँ विदेश मन्त्रालयले सो सम्मेलन आयोजना गर्न भारतलाई सहयोग गर्ने र जारी सीमा विवादले असर नगर्ने उल्लेख गरेको छ ।

यस अगाडि सन् २०१६ मा भारतले ब्रिक्स सम्मेलन आयोजना गरेको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार