एकैदिनमा भारतीय लगानीकर्ताले सेयरबजारमा ३७ खर्ब गुमाए

नयाँ दिल्ली ।
भारतीय सेयरबजार बीएसआई सेन्सेक्समा गिरावट आएपछि एकैदिनमा लगानीकर्ताले ३७ खर्ब भारु गुमाएका छन् । भारतीय मिडियाहरुका अनुसार सेन्सेक्स पछिल्लो दुई महिनामा सोमबार सबैभन्दा बढी गिरावट आएको हो ।
सोमबार कारोबार बन्द हुँदासम्म सूचीकृत कम्पनीहरुको बजार पुँजीकरण ३७ खर्ब १८ अर्ब ८३ करोड ८२ लाख भारु घटेर दुई हजार दुई खर्ब ६४ अर्ब ९८ करोड १४ लाख भारुमा झरेको हो । गत १९ तारिखमा बीएसईमा सूचीकृत कम्पनीहरुको बजार पुँजीकरण दुई हजार ३९ खर्ब ८३ अर्ब ८१ करोड ९६ लाख भारु थियो ।
उक्त दिन भारतीय सेयरबजार ११ सय ४५ अंक अर्थात् २.२५ प्रतिशतले घटेर ४९ हजार ७ सय ४४ दशमलव ३२ अंकमा झरेको हो । सेन्सेक्समा लगातार पाँचौँ कारोबार अवधिमा गिरावट आएको बताइएको छ । त्यस्तै नेशनल स्टक एक्सचेन्जको निफ्टीमा पनि ३०६.०५ अंक अर्थात् २.०४ प्रतिशतले घटेको बताइएको छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : अन्तर्राष्ट्रिय
तपाईको कमेन्ट लेख्नुहोस्