Techie IT
मंगलबार, फागुन १८,२०७७

फेसबुकले अस्ट्रेलियामा लगाएको प्रतिबन्ध हटायो


अस्ट्रेलिया ।
फेसबुकले अस्ट्रेलियामा लगाएको प्रतिबन्ध हटाएको छ । अब अस्ट्रेलियावासीहरुले समाचार कन्टेन्टहरु हेर्न र सेयर गर्न पाउने भएका छन् ।

आफ्नो प्ल्याटफर्ममा समाचार राखे वापत् अस्ट्रेलियन संचार कम्पनीहरुलाई पैसा तिर्नपर्ने भएपछि गत बिहीबार फेसबुकले समाचार कन्टेन्टमाथि प्रतिबन्ध लगाएको थियो। फेसबुक र अस्ट्रेलियाको सरकारबीच सम्झौता भएपछि फेसबुक समाचारसँग सम्बन्धित प्रतिबन्ध फुकुवा गर्न तयार भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

अब अस्ट्रेलियाले उक्त कानुन संशोधन गर्नेछ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्