Techie IT
३० असोज २०७८, शनिबार

इन्जिनमा समस्या आएपछि १५ सय बढी थार गाडी फिर्ता गर्दै महिन्द्रा


नयाँ दिल्ली ।
भारतीय सवारीसाधन उत्पादन कम्पनी महिन्द्रा एन्ड महिन्द्रा (एमएण्डएम) ले १५ सयभन्दा बढी थार गाडी फिर्ता लिने भएको छ । टाइम्स अफ इन्डियाका अनुसार कम्पनीले बिहीबार १५ सय ७७ वटा एसयूभी थार इन्जिनमा समस्या देखिएको भन्दै फिर्ता गर्ने बताएको हो ।

मुम्बईमा रहेको कम्पनीले एउटा इन्जिन पार्ट केमशाफ्टमा समस्या देखिएको बताएको छ । यसको अनुसन्धान र प्रतिस्थापन गरिने कम्पनीले जनाएको छ । सन् २०२० को सेप्टेम्बर ७ देखि डिसेम्बर २५ सम्म उत्पादित डिजेल भेरिएन्टका थार गाडीको इन्जिनमा उक्त समस्या देखिएको हो । कम्पनीले शुल्क नलिई देखिएका समस्या समाधान गर्ने जनाएको छ ।

यसका लागि थार गाडी खरिदकर्तालाई व्यक्तिगत रुपमा सम्पर्क गर्ने कम्पनीको भनाइ छ । नयाँ भर्सनको थार गत वर्ष अक्टोबर २ मा सार्वजनिक गरिएको थियो । नयाँ मोडलमा दुईवटा ट्रिम्स एएक्स र एलएक्स पेट्रोल र डिजेल पावरट्रेन अप्सनमा रहेको छ । नयाँ थार सबै भेरिएन्टमा फोरह्विल ड्राइभ सेटअपमा रहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्