Techie IT
१० कात्तिक २०७८, बुधबार

टेस्ला चाइनाको सुपरचार्जर कारखानामा उत्पादन सुरु


बेइजिङ ।
टेस्ला चाइनाको सुपरचार्जर कारखानामा उत्पादन सुरु भएको छ । शांघाईमा रहेको कारखाना बुधबारदेखि सञ्चालनमा आएको कम्पनीले जनाएको छ । उक्त परियोजना सन् २०२० अगष्टमा सुरु गरिएको थियो । यसमा ६५ करोड अमेरिकी डलर लगानी गरिएको छ भने पाँच हजार वर्गमिटर क्षेत्रफलमा फैलिएकोा छ । यसको वार्षिक क्षमता १० हजार सुपरचार्जर उत्पादन गर्ने छ । मुख्य गरी भी३ मोडलका सुपरचार्जर उत्पादन हुने बताइएको छ ।

कम्पनीले भी३ सुपरचार्जरले १५ मिनेटको चार्जिङमै दुई सय ५० किमि यात्रा गर्न सकिने दाबी गरेको छ । यसअघि चीनमा अमेरिकाबाट आयातित सुपरचार्जर प्रयोग गरिँदै आएको थियो । भी३ सुपरचार्जर चीनमा लोकप्रिय हुने विश्वास गरिएको छ । चीनमा मात्रै टेस्लाले सात सय ३० सुपरचार्जिङ स्टेसन खोलिसकेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्