Techie IT
१० कात्तिक २०७८, बुधबार

बंगलादेशको महँगी साढे आठ वर्षयताकै न्यून विन्दुमा


ढाका ।
जनवरीमा बंगलादेशको मुद्रास्फीति दर साढे आठ वर्षयताकै न्यून विन्दुमा झरेको छ । मुद्रास्फीति अर्थात् महंगी ५.०२ प्रतिशतमा झरेको हो । महंगी झरेको यो लगातार तेस्रो महिना भएको बताइएको छ । डिसेम्बरमा यस्तो दर ५.२९ प्रतिशत रहेको बंगलादेश ब्युरो अफ स्टाटिस्टिक्स (बीबीएस)ले जनाएको छ । गैरखाद्य वस्तुको मूल्यम गिरावट आउँदा समग्र क्षेत्रको महंगीमा त्यसको प्रभाव परेको हो । यसले उपभोक्तालाई केही राहत भएको छ । यद्यपि अहिले पनि केही खाद्य वस्तुको मूल्य उच्च नै छ ।

महंगी खासगरी खाद्य वस्तुको मूल्यमा निर्भर गर्छ । चामलको मूल्यमाा अझै पनि महंगीको दबाब रहेको छ र यो अझै बढ्नसक्ने बताइएको छ । चामलको मूल्यलाई स्थिर राख्ने हो भने महंगी रोक्न सकिने ब्युरोले जनाएको छ । जुलाई र अक्टोबरको बीचतिर भने महंगी बढिरहेको थियो । यसमा चामल र तरकारीहरुको मूल्यवृद्धिको प्रभाव थियो । बाढी र वर्षात्ले अन्नबालीमा असर गरेपछि मूल्यवृद्धि भएको थियो । खाद्य महंगी नोभेम्बरयता भने घट्नथालेको थियो । गैरखाद्य क्षेत्रको महंगी ४.६९ प्रतिशतले घटेको छ । यसअघि डिसेम्बरमा भने यो दर ५.२१ प्रतिशत थियो । उपभोग्य वस्तुको मूल्य ग्रामीण र सहरी दुवै क्षेत्रमा घटेको छ ।

बंगलादेशको केन्द्रीय बैंकले भने विश्व बैंक र खाद्य तथा कृषि संगठनको खाद्य मूल्य सूचकांकको विश्लेषण गरेको जनाउँदै आगामी दिनमा महंगी दर बढ्नसक्ने बताएको छ । विश्व बैंकले वस्तुहरुको मूल्य जनवरीमा बढिरहेको बताएको थियो । ऊर्जा क्षेत्रका वस्तुको मूल्य १० प्रतिशतले र गैरऊर्जा क्षेत्रका वस्तुको मूल्य ४.४ प्रतिशतले उकालो लागेको बताएको छ ।

डिसेम्बरमा ऊर्जा र गैरऊर्जा क्षेत्रका वस्तुको मूल्य क्रमशः १५.२ प्रतिशत र ५.२ प्रतिशतले बढेकोा थियोा । कृषिजन्य वस्तुको मूल्य ५ प्रतिशतले, धातु र खानीजन्य वस्तुको ३.२ प्रतिशतले र बहुमूल्य धातुको मूल्य १.१ प्रतिशतले बढेको थियो । चालू आर्थिक वर्षमा बंगलादेशको केन्द्रीय बैंकले ५.४ प्रतिशतमा महंगी दर समेट्ने लक्ष्य राखेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्