Techie IT
१० कात्तिक २०७८, बुधबार

अमेरिकाले यमनको जारी युद्धमा गर्दै आएको सहायता रोक्ने


अमेरिका ।

अमेरिकाले यमनको जारी युद्धमा गर्दै आएको सहायता रोक्ने भएको छ ।यमनमा जारी युद्धमा यसअघि गर्दै आएको सहायताबाट अमेरिका पछि हट्ने भएको हो।

राष्ट्रपति जो बाइडनले यमनमा जारी युद्धमा यसअघि गर्दै आएको सहायताबाट अमेरिका पछि हट्ने घोषणा गरेका हुन्। साउदी अरेबियाको नेतृत्वमा भइरहेका आक्रामक कारबाहीलाई दिइँदै आएको अमेरिकी समर्थन र हतियारको बिक्री आफ्नो प्रशासनले रोक लगाउने उनले बताएका छन्। यमनमा पछिल्लो ६ वर्षदेखि युद्ध जारी छ र त्यस क्रममा एक लाख १० हजार भन्दा धेरै मानिसको मृत्यु भइसकेको बिदेशि सञ्चार माघ्यमले जनाएको छ। ।
विदेश नीतिबारे आफ्नो पहिलो मन्तव्यमा राष्ट्रपति जो बाइडनले भने, ‘यमनमा तत्काल युद्ध रोकिनु आवश्यक छ।’ द्वन्द्वले मानवीय र रणनीतिक विनाश निम्त्याएको भन्दै त्यसको अन्त्य हुनुपर्ने बाइडनले बताएका छन्।

बाइडनअघि दुई राष्ट्रपतिको कार्यकालमा अमेरिकाले यमनमा विद्रोहीविरुद्ध साऊदी अरबको नेतृत्व रहेको गठबन्धनका समर्थन गरेका थिए। यो संघर्षले यमनमा लाखौँ मानिसहरु भोकमरीको शिकार भएका थिए।


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्