Techie IT
बिहीबार, कात्तिक १३,२०७७

भारतको कुल ग्रार्हस्थ्य उत्पादनमा साढे १६ प्रतिशत गिरावट आउने प्रक्षेपण


नयाँ दिल्ली, भदौ २
भारतीय स्टेट बैंक (एसबीआई)का अर्थशास्त्रीहरुले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा कुल गार्हस्थ्य उत्पादनमा १६.५ प्रतिशतको गिरावट आउनसक्ने अनुमान गरेका छन् । भारतीय मिडियाहरुका अनुसार यसअघि पनि उनीहरुले रिपोर्ट तयार गर्दै चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा जीडीपी २० प्रतिशतले घट्ने अनुमान गरेका थिए । तर त्यसलाई उनीहरुले संशोधन गरेको बताइएको छ ।

एसबीआईका अर्थशास्त्रीहरुले सोमबार यस्तो रिपोर्ट सार्वजनिक गरेका हुन् । भारतका केही वित्तीय र बाँकी गैरवित्तीय कम्पनीहरुले आर्थिक वर्ष २०२०/२०२१ मा आयमा गिरावट आए पनि आशा गरेभन्दा राम्रो भएको देखिएको छ । अहिलेसम्म करिब १ हजार सूचीकृत कम्पनीहरुले पहिलो त्रैमासिकको वित्तीय परिणाम घोषणा गरिसकेका छन् । कम्पनीहरुको आयमा २५ प्रतिशतभन्दा धेरै गिरावट आएको तथा खुद आय लाभमा पनि ५५ प्रतिशतभन्दा कमी आएको पाइएको छ । यद्यपि कर्पोरेट जीबीएमा गिरावट केवल १४.१ प्रतिशत रहेको छ ।

रिपोर्टमा जिल्लाहरुको आफ्नो आफ्नो राज्याको कुल राज्य गार्हस्थ्य उत्पादन (जीएसडीपी)मा हिस्सेदारी करिब २ देखि ४ प्रतिशत छ । कोभिड १९ का कारण जीएसडीपीमा कुल १६.८ प्रतिशतको नोक्सानी हुने देखिएको हो । यसअनुसार कुल भारतीय जीडीपी घट्नुमा ठूला १० राज्यको हिस्सेदारी ७३.८ प्रतिशत हुन आउँछ । यसमा महाराष्ट्रको योगदा १४.२ प्रतिशत छ । त्यसपछि तमिलनाडु ९.२ प्रतिशत र उत्तरप्रदेश ८.२ प्रतिशत छ । योअनुसार कुल भारतीय प्रतिव्यक्ति नोक्सानी करिब २७ हजार भारु हुन आउँछ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्