Techie IT
शुक्रबार, माघ २,२०७७

एलन मस्कको स्टारलिंकलाई बेलायतमा स्वागत


लन्डन ।
अर्बपति एलन मस्कको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवाले बेलायतमा अनुमति पाउने भएको छ । कम्पनीको इन्टरनेट बेलायतमा कतिपय व्यक्तिले प्रयोग नै गर्न थालिसकेका छन् । उक्त कम्पनीले गत महिना सीमित परीक्षण सुरु गरेको थियो । अफकमले नोभेम्बरमै यसलाई लाइसेन्स दिएको थियो । स्टारलिंकले सरकारी लगानीको वान वेबसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

दूरसञ्चार क्षेत्रका विश्लेषकहरुले सेवाप्रदायकबीचको प्रतिस्पर्धाले उपभोक्तालाई स्याटेलाइट ब्रोडब्यान्डको मूल्य सस्तिने अनुमान गरेका छन् । मस्कले विश्वव्यापी रुपपमा ब्रोडब्यान्ड इन्टरनेट सेवा दिने योजना बनाएका छन् । यसका लागि ४२ हजार स्याटेलाइट प्रयोग हुनेछन् । मस्कको अन्तरिक्ष रकेट कम्पनी स्पेस एक्सले आठ सयभन्दा बढी स्याटेलाइट अन्तरिक्ष कक्षमा पठाइसकेको छ । सन् २०२६ सम्ममा १२ हजार स्याटेलाइट कक्षमा राख्ने मस्कको योजना छ ।

स्टारलिंकले साना स्याटेलाइट डिशहरुको परीक्षण अमेरिका र क्यानडामा सुरु गरेको थियो । स्टारलिंकको ब्रोडब्यान्ड पाउन बेलायती उपभोक्ताले गियरको लागि ४३९ पाउन्ड स्टर्लिङ र मासिक रुपमा थप ८४ पाउन्ड खर्च गर्नुपर्नेछ । स्टारलिंकबाट बेलायतको रिमोट क्षेत्रमा बस्नेलाई फाइदा पुग्ने बताइएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्