Techie IT
१९ मंसीर २०७८, आईतबार

विश्वव्यापी खोपका लागि बेलायतले १ अर्ब डलर प्रदान गर्ने


लन्डन ।
बेलायतले जोखिममा रहेका मुलुकका लागि कोरोनाभाइरसविरुद्धको खोप सहज आपूर्तिको व्यवस्था मिलाउन एक अर्ब डलर जुटाउने जनाएको छ । यो रकम विश्वका विभिन्न दाताहरुबाट संकलन गरिएको बेलायत सरकारले बताएको छ ।

एएफपीका अनुसार बेलायत सरकारले अन्य दाताले ४ डलर दिए आफ्ना तर्फबाट एक पाउन्ड रकम कोभाक्समा राख्ने जनाएको छ । कोभाक्सका लागि बेलायतले यसअघि नै ५४ करोड ८० लाख डलर अनुदान दिइसकेको छ । क्यानाडा, जापान र जर्मनीले मुख्य रुपमा कोभाक्स कोषमा रकम जम्मा गरिरहेका छन् । यस कोषका लागि १ अर्ब ७० करोड डलरसम्म प्रदान गर्ने योजना दाताहरुको रहेको छ ।

बेलायती विदेश मन्त्रालयका अनुसार यसै वर्षभित्र ९२ वटा विकासशील मुलुकका लागि कोषबाट एक अर्ब कोभिड–१९ को खोप वितरण गरिनेछ । विदेशमन्त्री डोमिनिक राबले जारी गर्नु भएको विज्ञप्तिमा यो विश्वव्यापी समस्या रहेकाले सबैलाई यस अभियानमा सहभागी गराउनुको विकल्प नरहेको बताएका छन् । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सोमबार बेलायती विदेश मन्त्री राब र प्रधानमन्त्री बोरिस जोन्सनसँग भेट्दै छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्