Techie IT
१९ मंसीर २०७८, आईतबार

अप्रिलयता पहिलोपटक अमेरिकामा डेढ लाख रोजगार गुम्यो


वासिङटन ।
गत वर्ष डिसेम्बर महिनामा अमेरिकामा डेढ लाख रोजगारी गुमेको छ । बीबीसीका अनुसार कोरोना संक्रमण फेरि फैलिन थालेसँगै अमेरिकामा १ लाख ४० हजार रोजगारी गुमेको हो । अमेरिकामा अहिले बेरोजगारी दर ६.७ प्रतिशत अपरिवर्तित अवस्थामा छ । खासगरी रेस्टुराँ र बारहरुमा रोजगारी गुमेको बताइएको छ ।

पछिल्लो तथ्यांकले कोरोना महामारीबाट तंग्रिँदै गरेको अमेरिकी अर्थतन्त्र फेरि जोखिममै रहेको आकलन गरिएको छ । यसअघि २ करोड गुमेको रोजगारीमध्ये आधाजसो पुनः प्राप्ति भएको थियो ।

अमेरिकी श्रम विभागका अनुसार १ करोड १० लाख मानिस अहिले पनि कामविहीन छन् भने ७० लाखभन्दा बढीले रोजगारी चाहेका छन् । थोरै मूल्य प्राप्त हुने र न्यूनवर्गीय कामदारलाई पछिल्लो बेरोजगारीले छोपेको छ । अक्टोबर र नोभेम्बर महिनामा उल्लेखनीय रुपमा रोजगारी सिर्जना भएको थियो ।

विभागको रिपोर्टअनुसार उपभोक्ताको खर्च र खर्च गर्ने क्षमता दुवै कमजोर अवस्थामा रहेको देखिएको छ । कोरोनाको खोप समेत विकास भइसकेको अवस्थामा रोजगारी गुमेको तथ्यांक सार्वजनिक भएको हो । विश्लेषकहरुले अमेरिकी अर्थतन्त्र पुनः तंग्रिएको मान्न नसकिने बताएका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्