Techie IT
शुक्रबार, वैशाख ३,२०७८

पूर्वराष्ट्रपति मुखर्जीको अवस्था चिन्ताजनक


नयाँ दिल्ली, साउन २९
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था चिन्ताजनक भएको छ । मष्तिकको आकस्मिक शल्यक्रियापछि उनको अवस्था गम्भीर भएको र हाल भेन्टिलेटरमा राखिएको मुखर्जीलाई भर्ना गरिएको सैनिक अस्पतालले बुधबार जानकारी गराएको छ । ‘हाल, उहाँको ‘हेमोडाइनमिकली’ स्थिर भएको र भेन्टिलेटरमा हुनुहुन्छ’, आर्मी अस्पतालले जानकारी दिएको छ ।

पूर्वराष्ट्रपतिको मस्तिष्कमा क्लट जमेको कारण गत १० अगस्तमा आपतकालीन शल्यक्रिया गरिएको थियो । तर कुनै सुधार नदेखिएको बताइएको छ । गत सोमबार ८४ वर्षीय मुखर्जीले आफूलाई कोरोना भाइरस संक्रमण भएको ट्विटरमार्फत बताएका थिए । केही दिनयता आफू सम्पर्कमा आएर व्यक्तिहरुलाई कोरोना परीक्षण गराउन र अलग्ग बस्नको लागि समेत उनले आग्रह गरे । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्