Techie IT
आईतबार, कात्तिक ९,२०७७

जुलाईमा चीनको सवारीसाधन बिक्री उच्च


बेइजिड., साउन २९
चीनको सवारीसाधन बिक्री जुलाईमा १६.४ प्रतिशतले बढेको छ । सवारीसाधन बिक्री बढेको यो लगातार चौथो महिना हो । कोरोनाका कारण जारी गरेको लकडाउन खुकुलो हुँदै गएपछि बजारहरु खुल्न थालेका छन् । सोही कारण सवारीसाधन बिक्री लगातार बढिरहेको छ । जुलाईमा मात्रै बिक्री बढेर २१ लाख १० हजार पुगेको चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्स (सीएएएम)ले जनाएको छ ।

एसोसिएसनले यो वर्ष १० प्रतिशत मात्रै बिक्री दर रहने अनुमान गरेको छ । चीन सवारीसाधन बिक्रीको ठूलो बजार हो । चिनियाँ बजारलाई लक्षित गर्दै विश्वका सवारीसाधन निर्माताले विद्युतीय सवारीसाधनमा ठूलो लगानी गरेका छन् । तर विद्युतीय सवारीसाधन बिक्री लगातार १२औँ महिनासम्मको घट्दो बिक्री अन्त्य हुँदै १९.३ प्रतिशतले बढेको छ । यो महिना ९८ हजार युनिट यस्ता सवारीसाधन बिक्री भएका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्