Techie IT
शनिबार, माघ ३,२०७७

माल्दिभ्सको हरित ऊर्जा योजनालाई सघाउने भारतको प्रस्ताव


नयाँ दिल्ली ।
भारतले माल्दिभ्सलाई हरित ऊर्जा योजनामा सघाउने प्रस्ताव गरेको छ । भारतीय मिडियाहरुका अनुसार ऊर्जामन्त्री आरके सिंहले शनिबार माल्दिभ्सका ऊर्जामन्त्री हुसेन रसिद हसनलाई तेल आयातमा निर्भरता घटाउने मालेको योजनामा नयाँ दिल्लीले सघाउने बताएका हुन् । ग्लोबल ग्रिन इनर्जी इन्भेस्टर्स मिट ‘आरई इन्भेष्ट २०२०’मा दुई देशका ऊर्जामन्त्रीबीच छलफल तथा वार्ता भएको थियो ।

भारतीय मन्त्री सिंहले सुन्दर देश माल्दिभ्सले आफूलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा जोड दिएका थिए । सोही कारण पनि हरित ऊर्जा प्रवर्द्धन आवश्यक रहेको मन्त्री सिंहको भनाइ थियो । माल्दिभ्सका मन्त्री हसनले पनि नवीकरणीय ऊर्जा माल्दिभ्सका लागि महत्वपूर्ण भएको बताए । माल्दिभ्सले विश्वमा बढ्दो जलवायु परिवर्तनको सामना गर्नुपरेको छ । उनले वातावरण राम्रो हुँदा देशको अर्थतन्त्रका लागि राम्रो हुने उनले बताए । माल्दिभ्स सरकारले पनि पर्यावरणलाई जोगाउन नवीकरणीय ऊर्जामा ध्यान दिँदै आएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्